»
 »
»
»
»
»
»
»


»
होम पेज
»
उद्देश्य
»
सुचना
»
फोटो ग्यालरी
»
क्रियाकलापहरु
»
सहयोगदाताहरु
»
कार्यकारी समिति
»
सर्म्पर्क
माछापुच्छ्रे महोत्सव २०६४
बिश्वकै सुन्दर हिमाल माछापुच्छ्रेको काखमा अवस्थित माछापुच्छ्रे गाउँ प्राकृतिक सम्पदा हरुले भरिपर्ूण्ा क्षेत्र हो । स्थानिय गुरुङ्ख समुदायको बाहुल्यता भएको यस गाउँमा विभिन्न जनजातिहरुको बसोबास रहदै आएको छ । अन्नपर्ूण्ा संरक्षण क्षेत्र आयोजना ९ब्ऋब्ए०भित्र अवस्थित यो गाउँ गुरुङ्ख रितिरीवाज,संस्कृति, संस्कारले अत्यन्तै धनी ठाउँ हो ।

रमणीय शहर पोखरा देखि करिब १२ कि।मि। उत्तरी क्षेत्रमा पर्ने यस गाउँ समुद्री सतहदेखि १२०० मि। को उचाइ मा रहेको छ । माछापुच्छ्रे हिमाल आधार शिविर प्रवेश गर्ने प्रमुख नाका पनि यही गाउँ हो । यस क्षेत्रमा विश्व कै अति दर्ुलभ वनस्पति, बोटबिरुवा, जडीबुटी तथा जंगली जन्तु जनवारहरु संरक्षित हुदै आएको छ । नेपालकै एक मात्र आरोहण गर्न प्रतिबन्धित कुमारी हिमाल “माछापुच्छ्रे” को प्रत्यक्ष अवलोकन अत्यन्त मनमोहक ढंगबाट गर्न सकिन्छ । सप्तगण्डकी मध्येको एक सेती गण्डकी पनि यस क्षेत्र भएर बगेको छ ।


ग्रामिण पर्यटनलाई विकास एवं उत्थान गर्न अग्रसर रहदै आएको यस गाउँमा पर्यटकको लागि आवश्यक सम्पर्ूण्ा पर्ूवाधारहरुको सुविधा रहेको छ ।
क्लबको परिचय
सुन्दर नगरी पोखरको उत्तरी क्षेत्रमा अवस्थित माछापुच्छ्रे गाउँमा रहेका युवा वर्गको मानसिक, बौद्धिक तथा नैतिकताको विकास गरी महिला तथा पिछडिएका वर्ग वा समुदायमा ठोस सहयोग पुर्‍याई देशमा भएको गरिबी तथा बेरोजगारी समस्यालाई ध्यानमा राखी त्यसको निराकरण गर्न यस संस्था अग्रसर रहदै आएको छ । समाजमा रहेका विभिन्न विकृति विसंगति एवं कुप्रथाहरुलाई चिर्दै समाजलाई उज्यालो तर्फडोर्‍याउने काम यस संस्थाले गर्दै आएको छ । स्थानिय निकायहरु संग समन्वय गरि समाजमा उत्पीडित जनजाति महिला एवं बालबालिकाको निक्र्यौल गरी विभिन्न आयमुलक, सेवामुलक एवं शैक्षिक रुपमा सक्षम गराउदै आएको छ । विभिन्न सरकारी तथा गैरसरकारी दातृ संस्थाहरु संग समन्वय गरी समाजमा ठोस कार्यक्रमहरु संञ्चालन गरी विद्यमान रहेका समीयाहरुलाई नाफारहित ढंगले संचालन गर्ने यस संस्थाको प्रमुख उद्देश्य रहदै आएको छ ।


© Guranse Bhume Youth Club . All Right Reserved.
Designed By: e-Zone International